१ वर्षपछि भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा पुन सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

१ वर्षपछि भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा पुन सुचारु

पाल्पा,२८ साउन । पाल्पाको रामपुर अस्पतालमा १ वर्षपछि भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ ।

नयाँ प्रविधिसंगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे सेवा मंगलबारबाट पुन सुचारु भएको हो । साथै परम्परागत प्रविधि मार्फत हुँदै आएको एक्सरे सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरिएको छ ।

अस्पतालले प्रदेशबाट आएको उपकरण खरिद तथा अस्पताल सुढृदिकरण तर्फको रकम मध्ये ३६ लाखको लागतमा उपकरण खरिद गरेको हो ।

हाल प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको ५० शैयाको अस्पतालमा सेवा सुचारु भए संगै पाल्पा, स्याङ्जा, तनहुँका र स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् । अस्पतालमा हप्तामा ३ दिन भिडियो एक्सरे र चौविसै घण्टा डिजिटल एक्सरे सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);