उपचारका क्रममा बालकको निधन भएपछि नर्भिक अस्पतालमा तनाव | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

उपचारका क्रममा बालकको निधन भएपछि नर्भिक अस्पतालमा तनाव

काठमाडौ, १३ भदौ । १६ महिनाका बालकको उपचारका क्रममा निधन भएपछि नर्भिक अस्पतालमा तनाव उत्पन्न भएको छ । रुघाखोकि लागेका कारण १६ महिनाका बालकलाई उनका बाबु-आमाले नर्भिक अस्पतालमा भर्ना गरेका थिए ।

 

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गर्दै चिकित्सक माथि कडा कारवाहीको माग गरेका छन् । आक्रोशित परिवारले अस्पतालभित्र सामान्य तोडफोड समेत गरेका छन् ।

 

मृतकका बाबु डा. रमेश आचार्यले चिकित्सकको लापरवाहीका कारण आफुले सन्तान गुमाउनु परेको बताएका छन् । मृतकका बाबु रमेश आफैँ पनि फिजिसियन हुन् । चिकित्सकले गलत औषधी प्रयोग गरेका कारण छोरीको ज्यान गएको आचार्यले बताए । चिकित्सकले बच्चाको मुखबाट मोटो पाइप छिराएका कारण आफ्नो बच्चाको ज्यान गएको उनले आरोप लगाए ।

 

बालकलाई भाइरल ज्वरोसंगै निमोनिया भएपछि उपचारका लागि मंगलवार  नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको एक घण्टामै उनको निधन भएपछि मृतकका परिवार आक्रोशित भएका हुन् ।

 

 यता अस्पताल प्रशासनले भने गल्ती भए-नभए अध्ययन गरेर मात्रै भन्न सकिने जवाफ दिएको छ । बालकलाई बचाउन अन्तिम समयसम्म प्रयास जारी राख्दा पनि नसकिएको अस्पतालले जनाएको छ ।  अहिले यस अस्पतालमा प्रहरीको बाक्लो उपस्थिती छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);