चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै अस्पताल तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

झापा । झापाको दमकमा एडभान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ ।

झापा कमल गाउँपालिका-१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।

भएको के हो ?

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । दमकको एडभान्स अस्पताल लगियो । डाक्टर अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए ।

अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुइटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ ।

‘तीन मिनेटमै दुइटा सुई लगाएपछि बालकलाई गाह्रो भयो । हामी बाबु बोकेर फेरि अस्पताल गयौं । अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो । डाक्टरले लापरवाही गर्‍यो । हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो,’  मृतकका आफन्त सरोज खड्काले भने ।

चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन् । हिजोदेखि शव अस्पतालमै छ । खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेको थियो । तर प्रशासनले आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ । आफूहरुको कुरा नसुनेको भन्दै पीडित परिवारले अस्पतालमा तोडफोड गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);