विरामीकाे मृत्यु पश्चात महाकाली अञ्चल अस्पतालमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विरामीकाे मृत्यु पश्चात महाकाली अञ्चल अस्पतालमा तोडफोड

कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा उपचारमा आएकी एक महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

चिकित्सकको लापरबाहीले भीमदत्त नगरपालिका ११ भुजेलाकी ४२ बर्षिय कलावती सार्कीको मुत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट अस्पातलको एउटा एम्बुलेन्समा क्षति पुगेको छ भने अन्य एम्बुलेन्स सुरक्षाको लागि जिल्ला प्रशासनको कार्यालयमा लगिएको छ ।

कलावतीको पाठेघरमा समस्या भएको भन्दै गत साता अप्रेशन गरिएको थियो । उपचारकै क्रममा कलावतीको मृत्यु भएपछि आफन्तजनले क्षतिपूर्ति माग गर्दै आन्दोलन गरेका हुन् । अस्पतालले भने कलावतीको हृदयघातका कारण मृत्यु भएको दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);