नेपाली अस्पताल नै जाेखिम ! चिकित्सककाे लापरबाही बारम्बार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली अस्पताल नै जाेखिम ! चिकित्सककाे लापरबाही बारम्बार

private-hospital-laparbahi

धनगढी, १० चैत । घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो ।

घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा भर्ना गरे। छोरीको निजी अस्पतालमा र आमाको सेती अञ्चल अस्पतालमा उपचारक्रममा भदौ २० मा मृत्यु भयो ।

घटना–३ वैशाख २९ गते पुनर्वास नगरपालिका–४, कञ्चनपुरकी ३० वर्षीया शान्ति कठायतको पनि सेती अञ्चल अस्पतालमा शिशु जन्माएपछि मृत्यु भयो । चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आफन्तले नाराजुलुस गरे ।

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । अस्पतालमा गत सोमबार धनगढी–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो ।

पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो । तर, त्यो खुसी धेरै दिन टिकेन । रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो । शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएका छन् । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);