काठमाडौँ उपत्यकाका पेट्रोलपम्प विस्फोट हुने खतरा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौँ उपत्यकाका पेट्रोलपम्प विस्फोट हुने खतरा

petrol

काठमाडौं, १० चैत । जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ । नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ । पम्पको माथिबाट बिजुलीको लाइन तानिएको छ ।

खुला सडकमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको एसपी इन्टरनेसनल इन्कको पम्पमा कसैबाट नियतवश वा भूलवश हुनसक्ने असावधानीले ठूलो क्षति निम्तिने खतरा उच्च छ । किनकि यहाँ तारबार गरेको ‘कपाउन्ड’ छैन भने सुरक्षा गार्ड पनि छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पुल्चोकको साझा पेट्रोल पम्पले तारबारको व्यवस्था गरेर अनावश्यक व्यक्तिको प्रवेशलाई रोक त लगाएको छ तर, नजिकैको विद्युत् ट्रान्सफर्मर र पम्पभन्दा माथिबाट तानिएको बिजुलीका तारले जोखिमयुक्त हुन दिएको छैन ।

ठूला सवारीसाधनको चाप बढी हुने बालाजु चक्रपथआसपास क्षेत्रमा हरेक एक किलोमिटर दूरीमा पेट्रोल पम्प छन् । ती त झनै असुरक्षित छन् । बाक्लो बस्ती बीचमा, मान्छेको भीडभाड भइरहने पार्टी प्यालेससँगै जोडेर यी पम्पहरु सञ्चालनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);