काठमाडौंका अधिकांश पेट्रलपम्प मापदण्ड विपरित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौंका अधिकांश पेट्रलपम्प मापदण्ड विपरित

peteol pump

फूलमाया आले
काठमाडौं, ६ साउन
। काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश पेट्रलपम्प मापदण्ड विपरित पाइएको छ । मापदण्ड विपरित पेट्रोल पम्प सञ्चालन गरिँदा त्यसले जोखिम बढाएको छ । तर, यसको व्यवस्थापनमा सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

पेट्रोल पम्प सञ्चालन मापदण्ड २०६२ अनुसार पम्प मानव बस्ती भन्दा टाढा राखिनुपर्छ, एउट पम्प र अर्को पम्पबीचको दुरी कम्तीमा ३ सय मिटर हुनुपर्छ भने पम्प मुल सडक भन्दा कम्तीमा ५० मिटरको दुरीमा हुनुपर्छ । त्यस्तै हरेक पेट्रोल पम्पमा अनिवार्य सार्वजनीक शौचालय राखिनुपर्छ । यी समान्य मादण्ड हुन् । यी बाहेक पनि पेट्रोल पम्प सञ्चालकले धेरै व्यवस्थापनको पक्षमा ध्यान दिनुपर्छ । तर, काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश पेट्रोल पम्पले मापदण्ड पुरा गरेका छैनन् ।

घनाबस्तीकै बीचमा पेट्रोल पम्प सञ्चालन गरीको छ भने निश्चित दुरी राख्नुपर्ने मापदण्ड पनि पालना गरिएको छैन । काठमाडौंको त्रिपुरेश्वरस्थित मायाराम र भोलाराम पेट्रोल पम्प र आयल स्टोर पम्पको दुरी तीन सय मिटर भन्दा कम छ । न त यी पम्पमा सार्वजनीक शौचालय नै छन् । सडक विभाग भने ती पम्प मापदण्ड बन्नुभन्दा अघि नै सञ्चालनमा आएकाले त्यस्तो भएको हुनसक्ने गैरजिम्मेवार तर्क गर्छ ।

मापदण्ड बन्नुभन्दा अघि स्थापना भए पनि मापदण्ड बनेपछि सोही अनुसार व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउनु दुर्भाग्य हो । नेपाल आयल निगमका अनुसार हाल देशभर १५ सय ८० वटा पेट्रोल पम्प सञ्चालनमा छन् । तर, कुन पम्प कसरी सञ्चालन भइरहेको छ भनी अनुगमन र नियमन भने हुन सकेको छैन ।

नीजि क्षेत्रबाट सञ्चालित पम्प मात्र नभइ नेपाल सरकारकै मातहतमा रहेको साझा पेट्रोल पम्प देखि आर्मी र प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पले पनि मापदण्ड पुरा गरेका छैनन् । तर, आयल निगम भने यसलाई व्यवस्थापन गर्नुको साटो आइपर्ने विपत्तिका लागि सुरक्षा विधि अपनाउनु र आवश्यक सामग्री राख्नु बाहेक अन्य विकल्प नरेहको जवाफ दिइरहेको छ ।

पहिला थोरै घरहरु भएका बेला फराकिलो सडक विस्तार हुने बित्तिकै सडक छेउमा पम्पहरु खोलियो । तर, अहिले शहरीकरणले ती पम्पहरु शहरको मुख्य केन्द्रमा परेको छ । ती पम्पहरुले अहिले उपत्यकाको शहरलाई साघुँरो बनाउनुका साथै जोखिम पनि बढाएको छ ।

जनताको जीउ धनको संरक्षण गर्नु राज्यको दायीत्व हो । तर, उपत्यकामा सञ्चालित पेट्रोल पम्पका कारण अत्याधिक जोखिम बढेको छ । घना वस्तीका बीचमा सञ्चालित पेट्रल पम्पमा कुनै दुर्घटना भए त्यो नियन्त्रण बाहिरपनि जानसक्छ । त्यस तर्फ राज्यले सोच्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);