मापदण्डविपरितका पेट्रोल पम्पका कारण नागरिक जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मापदण्डविपरितका पेट्रोल पम्पका कारण नागरिक जोखिममा

काठमाडौं, २३ पुष । काठमाडौंका अधिकांश पेट्रोल पम्प मापदण्डविपरित सन्चालन गर्दा नागरिकहरु जोखिममा परेका छन्।

अत्यधिक प्रज्वलनशील पेट्रोलियम पदार्थ बिक्री गर्ने अधिकांश पेट्रोलपम्पले सामान्य मापदण्ड पनि पूरा नगर्दा राजधानीवासीको जीवन उच्च जोखिममा छ । पेट्रोलपम्पहरू मापदण्डविपरीत सञ्चालिन भइरहँदा नियमनकारी निकायले भने मापदण्ड कार्यान्वयनमा कुनै चासो देखाएको छैन ।

पट्रोलियम पदार्थ बिक्री–वितरणका लागि सरकारले कडा मापदण्ड बनाएको छ । तर, काठमाडौंलगायत देशभर सञ्चालित पम्पले सरकारी मापदण्डको धज्जी उडाइरहँदा नियमनमा भने सरकारको ध्यान पुगेको छैन । जनघनत्व बढी भएको क्षेत्रमा पेट्रोलपम्प सञ्चालन गर्न पाइँदैन तर काठमाडौं र अन्य सहरका पम्पहरू घनाबस्तीका बीचमा सञ्चालन भइरहेका छन् ।

राजधानीका महानगरपालिका र नगरपालिकासँग पेट्रोलियम पदार्थबाट हुने आगलागी नियन्त्रणका लागि पर्याप्त दमकल छैन । पेट्रोलियम पदार्थमा लागेको आगो निभाउन प्रयोग हुने कार्बन डाइअक्साइड ग्यासको समेत अभाव छ । पेट्रोलपम्पमा आगलागी भइहाले तीन सय मिटरआसपासको क्षेत्रसम्म क्षति पुग्न सक्छ । त्यसैले पनि एउटा पेट्रोलपम्पदेखि अर्को पम्पसम्मको दूरी कम्तीमा पनि तीन सय मिटर हुनुपर्ने प्रावधान छ । तर, राजधानीका त्रिपुुरेश्वर चोकमै दुुईवटा, नेपाली सेनाको पश्चिम गेटअगाडि एउटा र भद्रकालीमा अर्को गरी चारवटा पेट्रोलपम्प एकै ठाउँमा छन् । कालीमाटी चोक र बल्खु चोकआसपास पनि चारवटा पम्प छन् ।

काठमाडौं उपत्यकामा एक सय ४० र देशभर एक हजार पाँच सय ३३ वटा पेट्रोलपम्प सञ्चालनमा छन् । पेट्रलपम्प र आसपासमा मोबाइल फोन चलाउन पाइँदैन, मैनबत्ती, चुुरोट, सलाई बाल्न हुँदैन । तर, नयाँ पम्प खोल्न प्रतिबन्ध लगाएको सरकारले पुरानाको नियमनमा चासो नदेखाउँदा राजधानीबासी जोखिमको जीवन जीउन बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);