न्यानो कपडाको जोहो गर्न नसक्दा आगो तापेर रात कटाउन वाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

न्यानो कपडाको जोहो गर्न नसक्दा आगो तापेर रात कटाउन वाध्य

sukumbasi-basti

काठमाडौं, २३ पुष । केही दिनदेखि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै न्यानो कपडाको खपत बढेको छ । तर गरिब र सुकुम्वासी भने न्यानो कपडाको जोहो गर्न नसक्दा आगो तापेर रात कटाउन वाध्य छन् ।

पश्चिमी बायुको प्रभावबाट बढेको अत्यधिक चिसोका कारण गरिव र निमुखाहरु नराम्ररी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न समुदायको दैनिकी थप कष्टकर बनेको छ ।

काठमाडौंको थापाथलीस्थित वाग्मती खोला किनारका सुकुम्बासी न्यानो लुगाको अभावमा रातको समयमा समेत निदाउन पाएका छैनन् । सुकुम्वासीहरुसामु ओढ्ने तथा ओछ्याउने कपडाको अभावमा आगो तापेर रात बिताउनुपर्ने वाध्यता छ । जस्ताको छानाबाट शीत चुहिंदा भएको ओछ्यान समेत निथ्रुक्क भिज्ने गरेकाले आगो तापेर रात कटाउनुपर्ने अवस्था आएको सुकुम्वासी बस्तीका बृद्ध योगेन्द्र पौडेलले बताउनुभयो ।

चिसोका कारण गरिबहरुलाई छाक टार्न समेत समस्या परेको छ । चिसोका कारण काममा निस्कन गाह्रो भएकाले विहान बेलुकाको छाक टार्न समस्या भएको सुकुम्बासीहरुको भनाइ छ । चुनावका बेला आफूलाई भोट बैंकका रुपमा प्रयोग गरेका नेताहरुले चिसोमा ठ्याङ्ग्रिनुपरेका बेला बेवास्ता गरेकाप्रति सुकुम्वासीहरुले दुःखेसो पोखेका छन् ।

हरेक वर्षको जाडोमा गरिबहरुको दैनिकी कष्टकर हुने गरेको छ । आफूहरुजस्ता गरिबलाई सरकारले न्यानो कपडाको व्यवस्था गरिदिनुपर्ने सुकुम्बासीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);