जुम्लामा चिसोका कारण जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जुम्लामा चिसोका कारण जनजिवन प्रभावित

जुम्ला, २६ पुष । जुम्लामा चिसोका कारण जनजिवन प्रभावित भएको छ । खलंगा बजार लगाएत उच्च हिमाली क्षेत्रको तापक्रम माइनस ८ डिग्री सेल्सियस पुगे सँगै जनजिवन कष्टकर भएको हो ।

जुम्लामा चिसो बढेसँगै श्वासप्रश्वास, रुघाखोकी, दम लगायतका विरामीको संख्या बढेको छ । चिसोको कारण स्थानीयहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन् । चिसोका कारण पानी जमेर धारामा पानी पनि आउन छोडेको छ भने बजार क्षेत्रका मानिसहरू आगो तापेर बस्न बाध्य छन् ।

चिसो बढेपछि विधार्थीको पठनपाठन समेत प्रभावित भएको छ । चिसोको कारण खाना पकाउने ग्यास सिलिन्डरमै जम्ने गरेकाले दाउराको प्रयोग गर्ने गरेका छन् । गाडिमा राखिएको तेल जमेका कारण सवारी साधन चलाउन समेत कठिनाइ भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);