चिसोबाट बच्न ठाउँ-ठाउँमा आगो ताप्ने व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चिसोबाट बच्न ठाउँ-ठाउँमा आगो ताप्ने व्यवस्था

डडेल्धुरा, २३ पुस । अत्याधिक चिसोका कारण जनजिवन प्रभावित भएपछि डडेल्धुरामा जिल्ला प्रशासन कार्यालयले दाउरा वितरण गरी चोक चोकमा आगो ताप्ने व्यवस्था गरेको छ ।

विगत केही दिन देखिको हिँउदे झरीका कारण चिसो निकै बढेपछि सर्वसाधारणलाई राहत दिलाउन दाउरा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

विगत केही दिन देखि हिँउदे झरीले चिसो बढेसंगै डडेल्धुरामा जनजिवन प्रभावित भएको छ । चिसोका कारण स्थानीयहरुलाई घरबाहिर निस्कन समेत समस्या परेको छ । चिसो अत्याधिक बढेपछि यात्रु र विपन्न परिवारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दाउरा वितरण गरी चोकचोकमा आगो ताप्ने व्यवस्था गरेको छ ।

जिल्ला सदरमुकामको वागवजारमा रहेको वस पार्क, वागवजार, वगरपाटा, तुफानडाँडा चोक सहित शसस्त्र प्रहरीको गुल्म रहेको रातागौनमा आगो वालिएको छ ।

आगो वालेको स्थानमा स्थानीय व्यापारी, यात्रुहरु, सहित आम सर्वसाधारणलाई आगो ताप्नका लागि सहज भएको छ । चोक चोक सहित वजार क्षेत्रमा आगो वालिदिएकाले स्थानीयलाई राहत महशुस गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पनि सर्वसाधारणलाई चिसोबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोको कारण खासगरि विपन्न वर्ग, श्रमिक वर्ग बालबालिका बृद्धहरुलाई निकै समस्या भएपछि आगो ताप्न स्थानीय व्यापारी बटुवाहरुलाई आगो ताप्न व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);