हल्का बर्षासंगै उच्च लेकाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हल्का बर्षासंगै उच्च लेकाली भेगमा हिमपात

डडेल्धुरा, २७ मंसिर । डडेल्धुरामा हल्का बर्षा संगै उच्च लेकाली भेगमा यो वर्षको पहिलो पटक हिमपात भएको छ । बिहीबार विहानै देखी भएको हल्का वर्षासंगै जिल्लाको भिमदत्त राजमार्ग सडक खण्डको हगुल्टे लेक र दशरथ चन्द राजमार्गको अनारखोलीमा हिमपात भएको छ । उच्च लेकाली भेगमा भएको हिमपात संगै डडेल्धुरामा अत्याधिक चिसो वढेको छ ।

वर्षासंगै भएको हिमपातका कारण वढेको चिसोले डडेल्धुराको जनजिवन प्रभावित बनेको छ । चिसो छल्नका लागि मानिस आगो तापेर वसेका छन् । चिसोका कारण सवैभन्दा वढी बृद्धबृद्धा र वालवालिका प्रभावित भएका छन् ।

पश्चिमी वायुका कारण डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका अन्य पहाडि जिल्लामा वर्षा भईरहेको र डडेल्धुरामा यो वर्षको हाल सम्मकै सवैभन्दा वढी चिसो रहेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);