राम-जानकी विवाह महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राम-जानकी विवाह महोत्सव सम्पन्न

जनकपुरधाम, २७ मंसिर । रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो ।

जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमीमा वुधवार राति मिथिला परम्पराअनुसार रामसीताको प्रतीकात्मक रुपमा विवाह सम्पन्न भएको हो ।

शुक्रवारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन रामकलेवा भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);