जनकपुरमा विवाह पञ्चमीको उल्लास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाण्डौँ, ७ मंसिर । आज मंसिर शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी । मिथिलाको प्राचिन राजधानी जनकपुरधाममा पौराणिक प्रचलन अनुसार आज विवाह महोत्सव मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भक्तजनहरु बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगानमा रमाएका छन् । भक्तजनले जानकी मन्दिरलगायत देवालयमा बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् ।

पौराणिक विवाहको सम्झनास्वरूप आज भारतबाट दुरुस्तै जन्ती ल्याइ राम र सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीतालाई विदा गर्ने चलन छ । जन्तीका रुपमा खासगरी साधुसन्त आउने गरेका छन् । मैथिल संस्कृतिअनुसार राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलीमा राखी रङभूमिमा लगेर स्वयम्बर गरी जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ ।

राम र सीताको स्वयंमबर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथलाई बाजागाजासहितको -यालीले जनकपुर नगर घुमाउने चलन छ । त्रेता युगमा आजैका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेका थिए । त्यहि कारण विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);