तापक्रम माइनस ४० डिग्रिमा झरेपछि अमेरिकाको जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तापक्रम माइनस ४० डिग्रिमा झरेपछि अमेरिकाको जनजिवन प्रभावित

एजेन्सी, १७ माघ । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी भाग शिकागो लगाएतका चार राज्यहरुमा अध्यधिक चिसो वढेको छ । चिसोका कारण धेरैले ज्यान गुमाएको अमेरिकी अधिकारीहरुले जनाएका छन ।

शिकागो, मिशिगन र विस्कन्सिन लगाएतका राज्यहरुमा रातको समयमा माइनस ४० डिग्रि सेल्सीयससम्म तापक्रम झर्ने गरेको छ । तामक्रम निकै घटेपछि यि राज्यहरुमा आपतकालको घोषणा गरिएको छ । चिसोले नदि तथा तालहरु समेत जमेका छन् ।

ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण चिसो बढेको मौसमविदहरुले जनाएका छन । चिसोको असरले अमेरिकाका केही सहरहरूको तापक्रम अत्यधिक कम भएपछि त्यहाँको जनजीवन पूरै ठप्प हुन पुगेको छ । शहरहरुमा सवारी साधन संचालन गर्न कठिनाई मात्र भएको छैन सयांै सवारीसाधन हिउँले पुरिएका छन् ।

अत्यधिक चिसोका कारण चारैतिर हिमपात भएको छ । हिउँ जम्न थालेपछि अमेरिकाका चार राज्य र वरपरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । शिकागो नगरमा मानिसहरूलाई घरबाहि ननिस्कन निर्देशन दिइएको छ ।

शिकागो इलिनोई राज्य र नजिकैका मिशिगन र विस्कन्सिन राज्यमा आपत्काल घोषणा गरिएको छ । मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको हिउँयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको हो ।

अमेरिकाले हिउँको अहिलेको यो असरलाई पोलार भोर्टेक्स को नाम दिएका छन् । चिसोको प्रभावका कारण अमेरिकाका केही भागमा घातक चिसोको असर सुरु भएको हो । प्रभावित राज्यहरूमा सयौँ विद्यालय र कार्यालयहरू बन्द भएका छन्।

हवाई उडानहरू समेत प्रभावित भएका छन् । विमानस्थलहरु समेत हिउँले पुरिएपछि हवाइ उडानहरु रद्द भएका छन् । चिसो अत्यधिक भएपछि मानिसका महँगा ज्याकेटहरू बन्दुक देखाएर तर्साउँदै लुटिएको त्यहाँका प्रहरी अधिकारीहरुले बताएका छन् । शिकागोमा अहिले दक्षिणी ध्रुवको अन्टार्टिका महादेशका केही स्थानमा जस्तो चिसो भइरहेको बताइएको छ ।

पच्चीस करोड अमेरिकीहरूले चिसो सहिरहेका छन् भने नौ करोड भन्दा वढि मानिसले माइनस १७ डिग्री वा त्यो भन्दा कम तापक्रम भोग्न बाध्य हुने अनुमान गरिएको छ । विचार नपुराई बाहिर निस्किए चिसो भएर शरीरको तापक्रम घट्ने अवस्था हाइपोथर्मिया हुन सक्ने चेतावनी दिइएको छ ।

मौसमविद्हरूका अनुसार ग्रेट लेक्स भनिने ठूला ताल रहेको क्षेत्रदेखि न्यू इङ्ग्ल्यान्ड वरपरका क्षेत्रमा चिसो मौसम अझै जारी रहन सक्ने अनुमान गरिएको छ । विस्कन्सिन र इलिनोईमा अत्यधिक हिमपात हुने अनुमान अमेरिकी मौसमविदहरुले गरेका छन् ।

मौसमविद्ले १० मिनेटसम्म कोही बाहिर चिसोमा बसे शरीरका अङ्गमा फ्रस्टबाइट अर्थात् हिउँले खाने जोखिम बढ्ने चेतावनी दिएका छन । पछिल्लो समय मौसममा भैरहेको आकस्मिक परिवर्तनका कारण इतिहासमै पहिलोपल्ट यतिधेरै चिसो वढेको अनुमान गरिएको छ ।

सुविधायुक्त अमेरिकी जनजिवनमा परिरहेको चिसोको असर कम गर्न अमेरिकी अधिकारीहरु तल्लीन रहेका छन् । यद्यपी पाको उमेरका नागरिक तथा वालवालीकाहरुलाई चिसोले नराम्रो असर पारीरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);