ललाई फकाई भारत लैजाँदै गर्दा २० बालबालिको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललाई फकाई भारत लैजाँदै गर्दा २० बालबालिको उद्धार

nepal police

जुम्ला, २६ पुस । जिल्ला प्रहरी कार्यालय जुम्लाले २० जना बालबालिकाको उद्धार गरेको छ । भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउन भन्दै ललाई फकाई लैजाँदै गरेको अवस्थामा २० बालबालिकाको उद्धार गरेको हो ।

बालबालिकाले खचाखच भरिएको बसलाई जाँच गर्दा भारत लैजाने आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका बालबालिका ९ देखि १३ वर्ष उमेर समूहका छन् । उद्धार गरिएका बालबालिका जुम्लाको पातारासी गाउँपालिकाका हुन् । प्रहरीले दुई जना लामालाई पनि पक्राउ गरेको छ । उद्धार गरिएका बालबालीकालाई जुम्लाको होटल मानसरोवरमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);