अरुवाखोलाको बीचमा फसेका ८ बालबालिकाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अरुवाखोलाको बीचमा फसेका ८ बालबालिकाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका १ मधनगरा स्थित अरुवाखोलाको बीचमा फसेका ८ जना बालबालिकाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बलको बिओपी जुवावैराठ कपिलवस्तुबाट स.प्र.नि सत्य कुमार बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार साँझ उनीहरुको सकुशल उद्दार गरेको छ ।

उद्दार गरिएका बालबालिकाहरु कपिलवस्तु जिल्ला विजयनगर गााउँपालिका १ बस्ने १४ वर्षीया निसा मगर , १४ वर्षीया सागर परियार , ७ वर्षीया आकृति परियार, ८ वर्षीया निसा मल्ल, १२ वर्षीय प्रदिप रावत क्षेत्री, १३ वर्षीय आकाश परियार , १२ वर्षीय शक्ति परियार , १३ वर्षीय नैनकला रावत क्षेत्री रहेका थिए ।

गाईबस्तु चराउन गएका बच्चाहरु साँझको ४ बजे तिर एक्कासि ठूलो पानी परे पछि पानीको बहाव बढे सगैँ खोलाकै बिचमा अलपत्र परेका थिए ।

केही दिनदेखि परिरहेको अबिरल बर्षाको कारण सबै ठाउँमा खोला र नदीहरुमा पानीको बहाव बढीरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);