अन्नपूर्ण आधार शिविरमा बेपत्ता भएका ५ जना अझै सम्पर्कमा आएनन्, खोजिकार्य जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अन्नपूर्ण आधार शिविरमा बेपत्ता भएका ५ जना अझै सम्पर्कमा आएनन्, खोजिकार्य जारी

पोखरा, ४ माघ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएर बेपत्ता भएका चार कोरियाली नागरिक र एक नेपाली पथ प्रदर्शकसहित ५ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

हिउँमा आफ्ना नागरिक हराएपछि नेपालस्थित कोरियन राजदूतावासले हेलिकोप्टरसहित उद्दार टोली पठाएको छ । त्यस्तै उद्दारका निम्ति नेपाल प्रहरी र टानको टोलीले पनि प्रयास गरिरहेका छन् ।

तर अत्यधिक हिमपातका कारण मौसम प्रतिकुल हुँदा खोजि कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वेपत्ता हुने पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन र कोनाको ट्रेकिङ एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका छन् ।

१५ जनवरीदेखि पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता हुन् । ९ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई भने सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको र मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत् पोखरा ल्याइने बताइएको छ । बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली पनि छुमरुङ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);