त्रिशूलीमा भ्यान दुर्घटना : बेपत्ता भएका तीनमध्ये दुईको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

त्रिशूलीमा भ्यान दुर्घटना : बेपत्ता भएका तीनमध्ये दुईको शव फेला

चितवन, ११ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा भ्यान खसेर दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ आइरहेको लु १च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना ४ मा आज विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव जीपबाट निकालिएको प्रहरीले जनाएको छ । १५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको छ । उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडी खेलेर बाहिर आएका छन् । चालकसहित अन्य तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुने चालकमा प्यूठान झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी रहेका छन् । नदीबाट बाहिर निस्केका मुकुन्दकी ३३ वर्षीया जमुना र १५ वर्षीया छोरी जिनिसा पनि बेपत्ता छन् ।

जिनिसा बिरामी भएका कारण उपचारका लागि काठमाडौं जाँदै गर्दा उक्त दुर्घटना भएको हो । पौडेर बाहिर आएका मुकुन्दको अवस्था मध्यम छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी सूर्य थापाले जानकारी दिए । नदीमा खसेको पिकअप भ्यान पूरै डुबेको छ ।

बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);