सिंचाइ मन्त्रालयका सचिव मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिंचाइ मन्त्रालयका सचिव मृत अवस्थामा फेला

धादिङ, २७ माघ । धादिङको सलाङघाटबाट त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव मृत अवस्थामा फेला परेका छन् । बा २ झ ३१४० नम्बरको जीप आज विहान त्रिशुली नदीमा खस्दा सचिव यादव, उनका छोरा र अर्का एकजना बेपत्ता भएका थिए ।

वेपत्ता भएका तीनमध्ये सचिव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । यादवको शव सशस्त्र प्रहरीको टोलीले निकालेको हो । जीप डुबेको स्थान निकै साँघुरो रहेका कारण जीप र अन्य दुई जनाको शव निकाल्न कठिन भएको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा घाइते भएका चालक निराजन यादवको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);