संखुवासभाबाट धरानतर्फ जाँदै गरेको जीप नदीमा खस्दा छ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको जीप नदीमा खस्दा छ जना बेपत्ता

accident

संखुवासभा, १ असोज । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका तीन सहित छ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर धरानतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको बताइएको छ । जीप नदीमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ । तर उर्लिएको नदीमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);