काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

motercycle durghatana

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो ।  कार नदीमा खस्दा एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।  

‌दुर्घटनामा पोखरा महानगरपालिका-७ का प्रेम भुजेल,  लेखबहादुर भुजेल र ईश्वी भुजेल बेपत्ता छन् । उनीहरूको खोजबिन भइरहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);