एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

स्याङ्जा, १४ भदौ । काठमाडौंबाट स्याङ्जाको चापाकोट नगरपालिका जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते छन् । काठमाडौंमा बिरामी छोडेर चापाकोट फर्किदैं गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान वालिङ् नगरपालिका–५ मा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर मृत्यु हुनेहरुमा चापाकोट-१० का २२ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ । एम्बुलेन्स सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);