सप्तरीमा एम्बुलेन्स दुर्घटनामा परी एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तरीमा एम्बुलेन्स दुर्घटनामा परी एकको मृत्यु

motercycle durghatana

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर जाने गेट अगाडि एम्बुलेन्स दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ मन्दिरको गेट अगाडि शुक्रबार एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको स१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक सिरहाको सुखीपुर निवासी ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि लहानमा अस्पताल राखिएको छ भने ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको छ । बसका चालक भने फरार भएकोले चालकको खोजी कार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);