काठमाडौं महानगरपालिका, कर तिर्न सडक नाटक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं महानगरपालिका, कर तिर्न सडक नाटक

काठमाडौं । काठमाडौं नगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक सुरु गरेको छ । ‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देश सहित कर तिर्ने वातावरण निर्माण होस भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ सुरु गरेको हो ।

महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेस्वर लगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो । शुक्रबार बसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक भएको छ । सडक नाटक मार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्त रुपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको बताए । कानूनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रीत गरेर सडक नाटक गरिएको पनि उनले बताए ।

महानगरपालिकाले पहिलो पटक सडक नाटक मार्फत कर सम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने बताए । नाटक मार्फत करदातालाई कर तिर्नको लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);