चार दिनदेखि खोलामा बेपत्ता चालकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चार दिनदेखि खोलामा बेपत्ता चालकको शव फेला

रोल्पा। गत शुक्रबार राति भएको जीप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जीप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ । शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने

बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);