पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला

चितवन । चितवनको माडी नगरपालिका–३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

पौडी खेल्ने क्रममा वेपक्ता भएको २१ वर्षीय हिक्मत शाहीको शव प्रहरीले बिहीबार फेला पारेको प्रहरीले जनाएको छ ।

मृतक हुम्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवनको माडी नगरपालिका–६दिवाकर स्मृति प्राविधिक शिक्षालयमा अध्ययनरत थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको प्रहरीले जानकारी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);