अन्नपूर्ण आधार शिविरमा ५ जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अन्नपूर्ण आधार शिविरमा ५ जना वेपत्ता

annapurna base camp

पोखरा, ४ माघ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र एक नेपाली पथ प्रदर्शकसहित ५ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका उनीहरु वेपत्ता भएका हुन् ।

वेपत्ता हुने पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन र कोनाको ट्रेकिङ एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका छन् ।

१५ जनवरीदेखि पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता छन् । ९ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई भने शकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको र मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत् पोखरा ल्याइने बताइएको छ । बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली पनि छुमरुङ पुगेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);