शीतलहरका कारण कञ्चनपुरका विद्यालय साेमबारदेखि तीन दिन बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

शीतलहरका कारण कञ्चनपुरका विद्यालय साेमबारदेखि तीन दिन बन्द

कञ्चनपुर, २४ पुष । पश्चिम तराईका जिल्लामा शीतलहरको समस्या बढ्दै गएपछि कञ्चनपुरका विद्यालय साेमबारदेखि तीन दिन बन्द गरिएका छन् ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । चिसो अत्यधिक बढेपछि साना र विपन्न समुदायका बालबालिका बढी प्रभावित भएका छन् ।

तराईका जिल्लामा २५ जनाको मृत्यु

यसैबीच बढ्दो चिसोमा न्यानो कपडाको जोहो गर्न नसक्दा तराईका जिल्लामा २५ जनाको मृत्यु भएको छ । गरिबीका कारण न्यानो कपडाको जोहो गर्न नसक्दा तराईका विभिन्न जिल्लामा चिसोले कठ्याङग्रिएर २५ जनाको मृत्यु भएको हो ।

सप्तरीमा १४, रौतहटमा पाँच, सिरहामा तीन तथा कपिलवस्तु, मोरङ र सुनसरीमा एक-एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र जेष्ठ नागरिक छन् । चिसोका कारण सुत्केरी महिला प्रभावित भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र हिमपातका कारण रौतहट, सिरहा, सप्तरी, कपिलवस्तु, हुम्ला, जाजरकोट लगायत जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको बताएको छ ।

आयोगले न्यून आय भएका समुदायका बालबालिका, जेष्ठ नागरिक र सुत्केरी उच्च जोखिममा रहेको भन्दै न्यानोको व्यवस्था गरी जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);