अत्यधिक चिसोका कारण विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

अत्यधिक चिसोका कारण विद्यालय बन्द

school-closed-feature_orig

काठमाडौं, २५ पुष । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले चिसोले पठन पाठनमा समस्या भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

विद्यालय बन्द गर्नसमेत शिक्षा कार्यालयले जिल्लाका स्रोत केन्द्रमा पत्राचार गरेको छ । अत्यधिक चिसोका कारण विद्यालयमा दैनिक पठन पाठनमा प्रभाव परेको छ । सबैभन्दा साना–साना बालबालिका र विपन्न समुदायका बालबालिका चिसोबाट बढि प्रभावित भएका छन् । पुस २७ गतेदेखि कञ्चनपुरका विद्यालय खुल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।