कैलालीमा धारिलो हतियार प्रहार गरी १९ वर्षिय युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कैलालीमा धारिलो हतियार प्रहार गरी १९ वर्षिय युवकको हत्या

death body

काठमाडौं, ६ माघ । कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहविच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुदा गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हो । कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि शनिवार राती घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउदा भट्टको मृत्यु भएको बताएका छन् । प्रहरी उपरिक्षक तिम्सिनाका अनुसार मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट छ ।

घटना लगतै घाइतेलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो । त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । घटना अत्तरियामा रहेको सशस्त्र प्रहरीको वाहिनी नजिकै भएको हो । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);