बैतडीमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बैतडीमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गयो

chituwa

बैतडी, १३ भदौ । बैतडीमा चितुवाको आक्रमणमा परी २२ जनाभन्दा बढीको ज्यान गएको छ । मानव वस्तिमा पसेर चितुवाले आक्रमण गरी ज्यान लिन थालेपछि अहिले बैतडीको तल्लोसोराड क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

 

नरभक्षी चितुवालाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरी टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा १७ जना प्रहरी त्यसतर्फ परिचालन गरिएको छ । प्रहरीले नरभक्षी चितुवाको खोजि जारी राखे पनि अझै फेला पर्न सकेको छैन ।

 

तल्लोस्वराडको साविकको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ जनाभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);