तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु

तनहुँ । चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।

छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ । उनको शव जंगलमा फेला परेको हो ।

बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताए । तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ । १ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);