अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीया बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीया बालिकाको मृत्यु

तीन वर्षमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १२ बालबालिकाको ज्यान गयाे

अर्घाखाँची, १७ असोज । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिकाको कुर बेंहोरेबाट सोमबार साँझ उनलाई चितुवाले लगेको थियो । १३ घण्टापछि बालिका मृत अवस्थामा फेला परेकी छन् ।

सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो । आज बिहान करिब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो ।

तीन वर्षमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १२ बालबालिकाको ज्यान गइसकेको छ । सो चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले जानकारी दिए ।

ताजा समाचार