चितुवाको डीएनए टेस्ट ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चितुवाको डीएनए टेस्ट !

chituwa

सन्धिखर्क,  १ मंसिर । अर्घाखाँचीमा पाँच वर्षमा २४ बालबालिका चितुवाको आक्रमणमा परे । १४ जनाको त ज्यानै गयो । नरभक्षी चितुवाको आतंकबाट सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायत गाउँका स्थानीय त्रस्त थिए । कति त गाउँ छाड्नै बाध्य भए ।

२४ कात्तिकमा ढिकुरा पियालेमा थापिएको पासोमा परेर एउटा चितुवा मारियो । चितुवा मरेपछि स्थानीयको खुसीको सीमा रहेन । तर, ज्यानमारा चितुवा त्यही हो त ? छ्यानब्यान गर्न डीएनए टेस्ट गर्न लागिएको छ ।

डीएनए जाँच्न मरेको चितुवाको रगत र र्‍याल काठमाडौं पठाइएको सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । गत शनिबार साँझ चितुवाको आक्रमणबाट पियालेमा चार बर्से बालकको ज्यान गएको थियो । जंगलमा बच्चा भेटिएको स्थानको नमूना र बच्चाको रगत समेत परीक्षणका लागि पठाइएको छ ।

अर्घाखाँचीमा चितुवा आक्रमणमा १४ जना मारिएको र १० जना घाइतेको उपचार गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । गत शनिबार समेत बालकको ज्यान लिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । तर प्रहरीले चितुवा फेला पार्न सकेन । त्यसपछि स्थानीयले बाघखोर बनाएका थिए ।

तीन ठाउँमा फलामे खोर थापिएको थियो । त्यही खोरमा परेको चितुवा उद्धार गर्न खोज्दा मारिएको हो । मरेको पोथीको तौल अन्दाजी ३५ केजी, लम्बाइ एक सय २४ सेन्टिमिटर, उचाइ ६० सेन्टिमिटर र कम्मरको गोलाइ ५४ सेन्टिमिटर रहेको सहायक अधिकृत पोखरेलले बताइन् ।

जिल्लावासी लामो समयदेखि चितुवा आक्रमणबाट पीडित थिए । स्थानीयले चितुवा मारिपाऊँ भनी प्रशासनसमक्ष हारगुहार गरिरहेका थिए । तर न चितुवाको आक्रमण रोकियो, न प्रशासन नै मार्न लागिपर्‍यो । बालबालिका मारिने क्रम भने चलिरह्यो । यसकारण स्थानीय आक्रोशित थिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);