एकेडेमी हटाएर हेलिप्याड ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एकेडेमी हटाएर हेलिप्याड !

police academy

काठमाडौँ, १ मंसिर ।  राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।

प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को भदौ २१ को बैठकले प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । राष्ट्रपतिको सवारीले उपत्यकामा ट्राफिक जाम हुने र आमजनताले दु:ख पाउने समस्या अन्त्य गर्न राष्ट्रपति निवास विस्तारका लागि सरकारलाई अनुरोध गरिएको र त्यसैअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएको दाबी स्रोतले गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालय र निवास परिसरमा अहिले हेलिप्याड बनाउन ठाउँ अभाव छ । राष्ट्रपतिका लागि आधुनिक र सुविधासम्पन्न निवास निर्माण गर्न सरकारले यसअघि नै कार्यालयपछाडि सामाखुसीतर्फको प्रहरी ब्यान्ड गुल्मको ५ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराइसकेको छ । राष्ट्रपति कार्यालय परिसरमा आधुनिक र सुविधासम्पन्न निवाससमेत निर्माण भइसकेको छ ।

राष्ट्रपति कार्यालयका अधिकारीले प्रहरी तालिमका कारण ‘डिस्टर्ब’ हुने गरेका कारण पनि सरकारले प्रतिष्ठान सार्ने निर्णय गरेको दाबी गरे । ‘प्रतिष्ठानमा प्रहरी तालिमक्रममा दिनहुँ हुने होहल्ला र फायरिङले राष्ट्रपति कार्यालय र निवासमा कति डिस्टर्ब हुन्छ भन्ने वास्तविकता कसैले बुझ्न चाहेकै देखिँदैन, राष्ट्रपतिका कारण प्रहरी प्रतिष्ठान सार्न लागियो भनेर मात्र विरोध भइरहेको छ । राष्ट्रपति कार्यालय र निवासको समस्यासमेत बुझेर यसमा टिप्पणी गरिदिए हुन्थ्यो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);