प्रहरीलाई टहरामा सारेर राष्ट्रपति भवन विस्तार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रहरीलाई टहरामा सारेर राष्ट्रपति भवन विस्तार

Shital_Niwas

काठमाडौं, ९ पुस । सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई अस्थायी टहरा (प्रिफ्याब) मा सारेर राष्ट्रपति भवन विस्तार थालेको छ । काभ्रेको पनौतीमा संरचना निर्माण सुरु नहुँदै राष्ट्रपति निवास, कार्यालय र त्यहाँ सैनिक ब्यारेक विस्तारको काम अघि बढाइएको हो ।

स्थायी संरचनाबिनै एकेडेमी विस्थापन गरिए विशेष किसिमका एक दर्जन क्षेत्रको तालिम तथा अध्ययन/अनुसन्धान र पठनपाठन ठप्प हुनेछन् ।

एकेडेमीले मंसिर पहिलो साता पनौतीमा अस्थायी संरचना निर्माणका लागि करिब १६ करोडको टेन्डर स्वीकृत गरिसकेको छ । गृह मन्त्रालयका अनुसार आगामी वैशाखभित्र एकेडेमी महाराजगन्जबाट पनौतीमा सारिसक्ने योजना छ । ‘पनौतीमा अस्थायी संरचना बनाएर छिट्टै एकेडेमी स्थानान्तरण गरिसक्छौं,’ गृहसचिव प्रेमकुमार राईले भने ।

महाराजगन्जबाट एकेडेमी सार्नकै लागि प्रतिष्ठान परिसरमा प्रहरीका निर्माणाधीन भौतिक संरचनामा काम रोकिएको छ । स्थायी संरचनाबिनै एकेडेमी सारिए कार्यकारी निर्देशक (एआईजी) को कार्यालय, अधिकृत ब्यारेक/कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, कुकुर तालिम केन्द्र, प्रहरी ब्यान्ड गुल्म, केन्द्रीय खेलकुद शाखा, अपराध अनुसन्धान महाविद्यालय, केन्द्रीय होजियारी, संगीत विद्यालय, पर्वतारोहण प्रशिक्षण केन्द्र, मोर्टर ट्रान्सपोर्ट केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अध्ययन/अध्यापन जस्ता विषय प्रभावित हुने प्रहरीका एक अधिकृतले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);