राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने निर्णय गलत हो : रामबहादुर बिष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने निर्णय गलत हो : रामबहादुर बिष्ट

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताएका हुन् ।

उनले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको लागि भएको बताए । भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भएको भन्दै सांसद विष्टले यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको बताए ।

सांसद बिष्टले राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान एकेडेमी बलमिचाइमा परेको बताए । एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि सार्न लागिएको उल्लेख गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);