चितुवाको आक्रमणका कारण एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्धिखर्क, २८ भदौ । सन्धिखर्कमा एक बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं ७ भालुखोलामा एक चितुवाले आक्रमण गर्दा ४ वर्षीय मनिस केसीको मृत्यु भएको हो ।

उनलाई आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो ।

बालकको शव घरबाट एक किलोमिटर पर रानी वनमा भेटिएको प्रहरीले जानकारी गराएको छ ।

 

उक्त शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);