२०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको डब्लूएचओको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको डब्लूएचओको भनाई

WHOL

एजेन्सी, ८ साउन । विश्व स्वास्थ्य संगठन डब्लूएचओले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको स्पष्ट गरेको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ¥यानले अनुसन्धानकर्ताहरु खोप निर्माणमा सफलता नजिक रहेपनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको हो ।

कोरोनाविरुद्धको खोप निर्माणमा केहि ढिलाइ नै भएपनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उहाँले बताउनु भयो । केही खोपले तेस्रो तहको परीक्षण पार गरिसकेको भएपनि विश्व व्यापि प्रयोगका लागि अन्तिम प्रमाणित गर्न केहि समयलाग्ने डाक्टर ¥यानको भनाइ छ ।

अहिले परिक्षणमा रहेका खोपहरु सुरक्षा मापदण्डका हिसाबले अहिलेसम्म विफल पनि नभएको डाक्टर ¥यानले उल्लेख गर्नुभयो । आम सर्वसाधारणमा प्रयोग गर्नुभन्दा पहिले ती खोप सुरक्षित र प्रभावकारी रहेको सुनिश्चित गर्न केही समय लाग्ने भन्दै ¥यानले अर्को वर्षको ६ महिना सम्ममा सर्वसाधारणलाई खोप दिने सम्भावना रहेको बताउनुभयो ।

अहिले विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप परीक्षण सफल भइरहेको दाबी गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसको सेचनोव विश्वविद्यालय, अमेरिकाको मिसिगन र जोन्स होप्किन्स विश्वविद्यालय कोरोनाविरुद्धको खोप परीक्षणको अन्तिम चरणमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);