राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार

trump

एजेन्सी, १९ असोज । कोरोना संक्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ ।

अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै सार्वजनिक एक भिडियो सन्देशमार्फत उहाँले जनाउनु भएको हो ।

साथै उहाँले भिडियो सन्देशमा अबका केही दिनहरु बास्तविक परीक्षाको घडी भएको र आफु अब चाँडै नै फर्केर आउन भन्दै जुन रुपमा चुनावी अभियान सुरु गरिएको थियो त्यही रुपमा पुनः अभियान सुरु गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाई लिएर जारी गरिएका विभिन्न विरोधाभाषी वक्तव्यले केही अन्यौल उत्पन्न गराएको थियो । उहाँका चिकित्सक डा. सीन कोन्लीको पछिल्लो बयानमा राष्ट्रपति ट्रम्प सम्पूर्ण रुपले सुरक्षित नभए पनि पर्याप्त प्रगति भएको उल्लेख छ ।

आफुहरु निकै सतर्कताका साथ आशावादी रहेको भन्दै डा. कोन्लीले राष्ट्रपतिलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारे अहिले नै केही भन्न नसकिने जनाउनु भएको छ । यसैबीच ट्रम्पका समर्थकहरुले उहाँ उपचाररत अस्पताल तथा देशका विभिन्न स्थानमा भेला भएर स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);