डोनाल्ड ट्रम्पले गरे फेरि अर्को हस्ताक्षर, मुस्लीमहरुलाई अमेरिकामा यसरी पर्नेछ संकट | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

डोनाल्ड ट्रम्पले गरे फेरि अर्को हस्ताक्षर, मुस्लीमहरुलाई अमेरिकामा यसरी पर्नेछ संकट

इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्नका लागि नयाँ योजना ल्याएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, इसाइ धर्मावलम्बी आप्रपासीलाई प्राथमिकता दिइने

डोनाल्ड ट्रम्पले गरे फेरि अर्को हस्ताक्षर

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्नका लागि नयाँ योजना ल्याएको बताउनुभएको छ ।

रक्षा मन्त्री जेम्स म्याट्टिसले शपथ ग्रहण गरेपछि पेन्टागनमा भएको विशेष कार्यक्रमका बिच राष्ट्रपति ट्रम्पले कट्टर इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्ने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्नुभएको हो ।

ट्रम्पले योजनाका बारेमा विस्तृत विवरण दिनुभएको छैन । तर एक टेलिभिजन अन्तर्वाताको क्रममा उहाँले नयाँ योजना अनुसार आप्रवासीको रुपमा बस्न चाहने सिरियाली मध्ये इसाइ धर्मावलम्बीलाई प्राथमिकता दिइने बताउनुभयो ।

यस्तै अरु ६ मुस्लिम देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा कडाइ गरिने उहाँको भनाई छ । पेन्टागनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई समर्थन गर्ने र अमेरिकी नागरिकलाई माया गर्नेलाई मात्रै अमेरिका प्रवेश गर्न दिइने बताउनुभयो ।

पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले गएको वर्ष १० हजार सिरियाली शरणार्थीलाई शरण दिएको थियो । छिमेकी क्यानडाले ३५ हजार सिरियालीलाई शरण दिएको थियो ।

Leave a Reply