एकै परिवारका १८ जना कोरोना संक्रमीत निको भएर घर फर्के | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एकै परिवारका १८ जना कोरोना संक्रमीत निको भएर घर फर्के

वीरगन्ज, १२ जेठ । कोरोना संक्रमित भएर वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका १८ जना डिस्चार्ज भएका छन् । चार महिने शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जानकारी दिनुभएको छ ।

कोरोनामाथि बिजय प्राप्त गर्ने वीरगन्जको छपकैया–३ का एकै परिवारका छन् । गत वैशाख २४ गते कोरोना भएको पुष्टि भएका उनीहरु एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन् ।

पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिडेन्ट उपाध्यायको भनाई छ । डिस्चार्ज भएका उनीहरुले हाम्रो मुख्य चाड इदको पुर्व राती घर जान पाएकोमा खुशी व्यक्त गरेका छ्न् । यसअघि दुई पटक गरी नारायणी अस्पतालमा उपचार गराईरहेका ११ जना डिस्चार्ज भैसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);