नेपालमा थप ७२ मा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालमा थप ७२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टी हुनेमा एक जना महिला र ७१ जना पुरुष रहेका छन् । आज संक्रमण पुष्टि हुनेहरुमा धनुषा नगाइन नगरपालिका ३ का ३०,३१ र ४५ वर्षका पुरुष,कपिलवस्तु शिवराज नगरपालिकाका ४,५ र ६ का १९,२० र २३ वर्षका पुरुषहरु छन् ।

काठमाडौं टोखा र बुढानिलकण्ठमा ३ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले भर्खरै सार्वजनिक गरेको ७२ जनाको अद्यावधिक रिपोर्ट अनुसार काठमाडौं टोखा नगरपालिका ३ र ६ का २७ र ४१ वर्षका पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । अर्का बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको हो ।

यस्तै बाराका २, रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का १८ वर्षदेखि ५३ वर्षउमेर सम्मका २६ जना पुरुष, सप्तरी डाक्नेधरीका २२, २४ वर्षका पुरुष, बारा गढीमाई नगरपालिकाका १८ देखि ५९ वर्षउमेरका २१ जना पुरुष, दैलेख नारायण नगरपालिका ढुंगेधर गाउँपालिका ४ जना पुरुष र एक महिला तथा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुषलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ ।

यो संगै देशभर हालसम्म कोरोना १०६ जना निको भएका घर फर्केका छन् भने तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);