अन्त्येष्टि गरेको आठ दिन पछि काेराेना पाेजेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अन्त्येष्टि गरेको आठ दिन पछि काेराेना पाेजेटिभ

bara

श्याम गुप्ता

बारा, १२ जेठ । बारामा परिवारले अन्त्येष्टि गरेको आठ दिन पछि एक वृद्धको काेराेना रिपोर्ट पाेजेटिभ आएको छ । बाराकाे करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२ वर्षिय वृद्धको जेठ ४ गते बिरगंजकाे नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन हो ।

जेठ २ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका ती वृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको हाे । शव पाएसँगै परिवार र मृतकका आफन्तले धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरेको थियाे । उपचारका क्रममा ती वृद्धकाे स्वाब संकलन गरि परिक्षणका लागि बिरगंजकाे नारायणी अस्पताल पठाईकाेमा आज (साेमवार) आठ दिन पछि रिपोर्ट काेराेना पाेजेटिभ आएकाे हाे ।

जेठ २ गते १ बजे उपचारमा ल्याउने बित्तिकै भेन्टिलेटरमा राखेर ती वृद्धको उपचार शुरु गरिएको थियो । डाक्टर समेत रहेकी अस्पतालका सञ्चालक मोहम्मद बसरुद्धिन अन्सारीको छोरीले ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिईन् । क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो समय निमोनिया पनि थियो । आईसीयूकाे भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नु अघि उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाईएको थियो । तर , स्वाबको रिपोर्ट आउनु अघि ४ गते करिब साँढे १२ बजेकाे समयमा ती वृद्धको मृत्यु थियाे ।

अब अस्पतालले स्वाबको रिपोर्ट आउने बेला सम्म शव अस्पतालमा राख्न आवश्यक ठानेन । न त यसको जानकारी प्रशासनलाई नै दियो । स्वाबको रिपोर्ट आउनु अघि अस्पताल प्रशासनले परिवारलाई शव जिम्मा लगाएकाे थियाे । स्वाब संकलन गरेर दुई गते पठाए पनि नारायणी अस्पतालबाट रिपोर्ट नेशनल अस्पताललाई पठाउन ढिला भयो । तर , रिपोर्ट शंकास्पद देखिएको मौखिक जानकारी ६ गते गराईएको थियो । दुई गते पठाईएको स्वाबको ढिलो गरि ६ गते पछि मात्र टेस्ट भयो । टेस्टका क्रममा शंकास्पद देखिए पछि नारायणी अस्पतालले टेकुस्थित प्रयोगशालामा पठाएकाे थियाे ।

यता उपचारमा संलग्न रहेकी अन्सारीको डाक्टर छोरी अहिले अस्पतालमा सेल्फ आईसोलेशनमा छिन् । मृतककाे अन्त्यष्टिमा संलग्न मलामीहरू , उनका आफन्तहरू र नेशनल मेडिकल कलेजका चिकित्सकहरू पनि अहिले शंकाकाे घेरामा परेका छन् ।

आज वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले पुष्टी गरेका छन् । याे सँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);