२१ संक्रमित निको भएर फर्किए घर, नारायणी अस्पताल कोरोना मुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२१ संक्रमित निको भएर फर्किए घर, नारायणी अस्पताल कोरोना मुक्त

narayani hospital

नितेश कश्यप

वीरगञ्ज, १४ जेठ । गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नारायणी कोभिड विशेष अस्पताल गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर मंगलबार राति डिस्चार्ज भएका हुन् ।

उनीहरूको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछी डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनु भयो । डिस्चार्ज हुनेमा ४ जना महिला, ३ बालक सहित र २१ जना रहेका छन् ।

आज डिस्चार्ज भएका सबै वीरगञ्ज महानगरपालिका बासी रहेको वीरगञ्जका मेयर विजयकुमार सरावागीले बताएका छन् । गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए ।

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);