हावाहुरीले ढालेको रूखले लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हावाहुरीले ढालेको रूखले लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

makawanpur

मकवानपुर, १४ जेठ । मकवानपुरमा हावाहुरीले रूख ढलेर लाग्दा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको हो । हुरीवतापछि रूख ढलेर लाग्दा घाइते भएका तीन जनालाई उपचारका लागि चितवन लगिएको छ ।

त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । यसकै कारण लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);