बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

blocklist

काठमाडौं, १३ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।

बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको हो । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउने काम गर्दै आएका थिए ।

नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);