काठमाडौंका यी १० स्थानबाट हुनेछ मतगणना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौंका यी १० स्थानबाट हुनेछ मतगणना

काठमाडौं। काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ। काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ । काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं-६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं-७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं-८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ । यसैगरी, काठमाडौं-९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं-१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ। काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);