वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति

खोटाङ । दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो ।

भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो ।

हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए । 

हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् । 

खोटाङमा जिल्लाभरि १२ हजार ८९८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ७०० मेट्रिक टन उत्पादन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);